
काठमाडौं, कात्तिक १४ । काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार मिर्गौलाको ‘डायलासिस’ भइरहेको छ ।
स्वास्थ्य परीक्षणको रिपोर्टका आधारमा उनको बुधबार पनि आकस्मिक डायलासिस गरिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार दिउँसो अस्पताल पुगेका सत्तारुढ दल नेकपाका नेताहरु भीम रावल र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस भइरहेको बताए ।
डायलासिस भइरहेकाले उनीहरुले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन् ।
‘प्लाज्मा फेरेसिस’ पद्दतिबाट उपचार गरेको दुई महिनामै प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाको डायलासिस गरिएको हो ।
सिंगापुरमा मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ बढी देखिएपछि त्यो हटाउन प्लाज्मा फेरेसिस पद्दतिबाट उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्