 
	    परासी । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र शसस्त्र प्रहरीबीच झडप हुँदा घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभरको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्याइएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका(वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५–७ जनाको समूहमा जान आएका व्यक्तिहरूसँग शसस्त्र प्रहरीको भनाभन भएको थियो ।
पछि उनीहरूले गाउँबाट ५०–६० जनाको समूह बोलाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।
भिड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरिए पनि नियन्त्रण नभएर आक्रामक हुँदै र्गपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो । भिडको आक्रमणबाट नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाइते भएका भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
जिल्लामा निषेधाज्ञालाई थप कडाइ गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर, पनि स्थानीय नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।
यो पनि पढ्नुहोस्
सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि पश्चिम नवलपरासीमा गोली चल्यो, एक घाइते


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्