Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


स्याङ्जामा अक्सिजन पलान्ट निर्माण हुने


0
Shares

सागर न्यौपाने

स्याङ्जा । स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टकाे संक्रमण बढ्दै जादा अक्सिजनको अभावमा देशै भर धेरै बिरामीले ज्यान गुमाउन बाध्यभएको घटना बिभिन्न संञ्चार माध्यममा सार्वजनीक भए संगै स्याङ्जामा अक्सिज पलान्ट निर्माण गरिने भएको हाे ।

जिल्ला समन्वय समितिको पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु प्रसाशान सुरक्षा निकायका साथै छलफलमा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले जिल्लामा अक्सिजन पलान्ट आवश्यक रहेको बताउदै सबै सरोकारवाला निकायहरु मिलेर स्थापना गर्नुपर्ने बताउनुभयाे ।

समितिमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगाले, भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनाल र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेखी सदस्य रहनेगरी समिति गठन गरिएको हो ।

सरोकार वालाको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुखहरु अक्सिजन पलान्टको स्थापना गर्ने विषयमा सहमत भएका छन् । छलफलमा अक्सिजन पलान्ट निर्माणको लागि तीन सदसिय समिति समेत गठन गरिएको छ ।
यसैबीच, गण्डकी प्रदेशमा हाल दैनिकरुपमा बिरामीको उपचारका लागि अक्सिजनको मागमा सन्तुलन रहेको देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अक्सिजन सम्बन्धी जिल्लागत विवरणहरु उल्लेख भएको विज्ञप्ति अनुसार प्रदेशका ११ वटै जिल्लामा अक्सिजनको अभाव नभएको देखिएको हो । हाल प्रदेशभर ५ हजार ६३२ सिलिन्डर रहेको जनाउँदै प्रदेशमा दैनिक अक्सिजनको आवश्यकता ८ सय ४६ सिलिण्डर रहेको र खपत पनि बराबर भएको जनाएको छ ।

छलफलमा अक्सिजन पलान्टको निर्माणका साथै अक्सिजन सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका ब्याक्तिको शवको ब्यवस्थापनका लागि परिवारको चाहाना अनुसार परिविारले चाहेको अवस्थामा जलाउने विषयका साथै अक्सिजन सिलिण्डरको एउटा युनिट निर्माण गरेर अस्पतालमा पाइपलाइनको माध्यामबाट धेरैजना बिरामीलाई अक्सिजन दिन सकिने विषका बारेमा समेत छलफल भएको जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले बताउनुभयाे ।