
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा परिवर्तनका लागि बिकास र प्रगती आवश्यक रहेको बताएका छन् ।
भाई टीकाको अवसरमा बहिनी शोभा राज्यलक्ष्मी देबी शाहीको निवास कमलादी पुगेका पूर्व राजाले प्रगती र बिकासलाई मनन नगरे परिर्तनकर्ताहरु नै अप्ठेरोमा पर्ने बताए ।
‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’ उनले भने ।
विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त सुखद वातावरणमा बस्ने अवसरको दिन भएको उनले बताए ।
तिहारका अवसरमा आम नेपालीलाई शुभकामना ब्यक्त गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन प्राप्त होस भन्ने कामना गरे ।
पूर्व राजा ज्ञानेन्द्रले १० बजेर ५१ मिनेटको साइतमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्