२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


तिहारमा मिठाईको प्रयोग : स्वास्थ्यका लागि घातक हुनसक्छ


0
Shares

काठमाडौं । तिहारमा मिठाईको किनबेच निकै हुन्छ । दिदी बहिनीले दाजुभाइलाई टीका लगाईदिएपछि मिठाई खान दिने चलन छ ।

तिहारमा मिठाईलाई नभई नहुने परिकारको रुपमा लिइन्छ । तिहारलाई मिठाईको पर्व पनि मानिन्छ । तिहारको समयमा मिठाईको माग चार दोव्वर बढ्ने व्यापारीहरुले बताउने गरेका छन् ।

रसवरी, लालमोहन, वर्फी, पेडा लगायतका मिठाईको बढी प्रयोग हुने गर्दछ ।

दिदी बहिनी र दाजुभाई विचको आत्मीयता साटासाट गर्ने पर्वको रुपमा परिचित तिहारमा दिदी वहिनीले दाजुभाईलाई मिठामिठा परिकार खुवाउने गर्दछन् ।

तर हामी चार्डपर्वको समयमा मनलाग्दी रुपमा खानेकुरा खान्छां तर त्यसले पछि स्वास्थ्यलाई पार्ने नकारात्मक असरमा भने जानकार नहुँदा त्यसले विभिन्न समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

डासबिजिट, मुटुरोग, मधुमेह ,उच्च रक्तचाप लगायतका दिर्घ रोगीहरु भने जथाभावी रुपमा मिठाईको प्रयोग गर्नु हुँदैन ।

मिठाईमा मैदा, चिनी, तेल र रङ्को  प्रयोग हुने हुदा स्वस्थ मानिसले पनि मिठाई धेरै खानु हुँदैन् ।

मिठाईले तौल र रगतमा कोलस्टोरको मात्रा बढाउने हुँदा स्वास्थका लागि मिठाई फाइदा जनक मानिँदैन् ।

मिठाईलाई आकर्षक बनाउन विभिन्न रङ्हरुको समेत प्रयोग गरिने हुँदा त्यसले पनि स्वस्थ्यलाई असर पुर्‍याउछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने तिहारको समयमा प्रयोग हुने मिठाईमा तोकिएको भन्दा बढी रङ् प्रयोग हुने गरेको जनाएको छ ।

काठमाडौका मुख्य व्यापारिक केन्द्रहरुमा भने विभिन्न प्रकारका मिठाई किन्नेको भिड्भाड नै रहेको छ । मिठाईको मुल्य भने एकरुपता छैन् ।

मिठाई खानुअघि सलाद, फलफुल र प्रयाप्त रुपमा पानी खाँदा गुलियोको असरलाई कम गर्दछ ।

घरमै बनाइएका मीठा मीठा परिकारमा जोड दिने हो भने स्वास्थ्यको पनि खाशै चिन्ता लिनुपर्दैन ।