Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


चितवनमा हात्तीको न्वारन गरियाे, नाम शेषचन्द्र गज


0
Shares

चितवन । बाह्र दिनअघि हात्ती प्रजनन केन्द्र सौराहामा जन्मिएको छावाको न्वारन गर्दै शेषचन्द्र गज नामाकरण गरिएको छ ।

वन्यजन्तु संरक्षणको काममा खटिँदा २०७१ असोजमा तस्करहरूको गोली लागि मृत्यु भएका चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ गेमस्काउट स्व. शेषचन्द्र चौधरीको सम्मान स्वरूप हात्तीको नामाकरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

हात्ती र छावा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बरालले बताउनुभयो ।