Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


कोभिडबाट बागलुङमा थप दुई जनाको मृत्यु


0
Shares

india corona death

डम्मर बुढा मगर
बागलुङ । कोभिड–१९ संक्रमणबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–४ की ६६ वर्षीया वृद्धाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो भने बागलुङ नगरपालिकाका ७७ वर्षीया वृद्धको मंगलबार साँझ होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

वृद्धाको मंगलबार बिहान साढे दश बजे मृत्यु भए पनि पीसीआर रिपोर्ट साँझ मात्रै आएको घिमिरेको भनाइ छ । वृद्धामा कोरोना सँग मिल्दाजुल्दा लक्षण र श्वासप्रश्वासमा समस्या आएपछि धौलागिरी अस्पतालमा भर्ना गर्ने क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो । मृत्यु हुनुपूर्व परीक्षणका लागि स्वाब संकलन भएको थियो ।

वृद्ध २२ गते हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धको शव परिवारलेनै व्यवस्थापन गरेको छ ।

योसँगै बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।