काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको सीसीएमसीको बैठकले अक्सिजन उद्योगमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
कोभिड संक्रमितको संख्या बढेसँगै अधिकांश बिरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ ।
सचिव खगराज बरालले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगहरुको अनुगमन गरी विवरण संकलन गरिएको र अस्पतालहरूलाई अक्सिजनको न्युनतम कोटा तोकिएको बताउनुभयो ।
सीसीएमसीले सबैलाई बाँचौ र बचाऔैँ भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।








प्रतिक्रिया दिनुहोस्