२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बार्यन म्युनिख बुण्डेसलिगाको नवौं च्याम्पियन


0
Shares

एजेन्सी । बार्यन म्युनिख जर्मन बुण्डेसलिगा फुटबलको च्याम्पियन बनेको छ ।

गएराति भएको खेलको उपाधिसँगै बार्यन लगातार नवौँ सिजन जर्मन च्याम्पियन बनेको हो ।

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गरेको बार्यन म्युनिख दुई खेल बाँकी हुँदै च्याम्पियन बनेको हो ।

नजिकको दाबेदार आरबी लेइप्जिग बोरुसिया डर्टमुण्डसँग ३–२ ले पराजित भएसँगै बार्यनको उपाधि पक्का भएको हो ।

उपाधि पक्का भएपछि भएको खेलमा बार्यनले बोरुसिया मोन्चेङ्ग्लाडवाचमाथि आधा दर्जन गोल प्रहार गरेको हो ।

लगातार नवौं सिजन उपाधि पक्का गरेको बार्यनको जितपछि ३२ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको आरबीको ६४ अंक छ ।