
काठमाडौं, कात्तिक ५ । औषधि व्यवस्था विभागले आहार–पूरक भनिने औषधि वा सामग्री सिफारिस नगर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।
विभागले मंगलबार सूचना जारी गरी एकभन्दा बढी तत्व समावेश गरिएको विभिन्न भिटामिन वा ‘टनिक’ किसिमका औषधिहरु सिफारिस र बिक्री–वितरण रोक्न आग्रह गरेको हो ।
कारबाहीको चेतावनी
विभागले यस्ता औषधि बिक्री–वितरण र आयात भएको पाइए औषधि ऐन–२०३५ अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
विभागले यस्ता आहार-पूरक औषधि र खाद्य सामग्री बिक्री–वितरण नगर्न पटक–पटक सूचना जारी गरिसकेको छ । तर, यसको बिक्री–वितरण भने रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्