३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


प्रदेश १ सरकार हिउँदे अधिवेशन अन्त्यको तयारीमा


0
Shares

काठमाडौं । प्रतिपक्षी दलको अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ ।

आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।

प्रतिपक्षी दलहरु भने आजको बैठक चल्न नदिने पक्षमा छन् । सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध गर्ने प्रतिपक्षी दलले जनाएका छन् ।

यस अघि भएका सातौ अधिवेशनका सात वटा बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले बैठक अवरुद्ध गरेको थियो ।

चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि प्रतिपक्षी दलले अवरुद्ध गरिरहेका छन् ।

अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छैन ।