Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको फोन आयो– अध्यक्ष दाहाल (भिडियो)


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गर्नुभएको छ ।

शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दाहालले आफूलाई प्रधानमन्त्रीले फोन गरेको बताउनुभयो ।

‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई, धेरै समयपछि,’ उहाँले भन्नुभयो, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ ।’ उहाँले थप्नुभयो, ‘प्रधानमन्त्रीसँग कुरा गर्दै मैले यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।’

प्रतिनिनिधसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच खासै कुराकानी भएको छैन । त्यसपछि उहाँहरूले एकअर्काको कटाक्ष गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिबारको बोलाइएको सर्वदलीय बैठकमा निमन्त्रणा दिनका लागि दाहाललगायत नेताहरूलाई फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।