२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तस्करी र आपराधिक गतिविधिमा भारतीय सवारी साधनको प्रयोग बढ्दो


0
Shares

सर्लाही, असोज १७ । सर्लाहीमा चोरी तस्करीमा नेपालीभन्दा भारतीय सवारी साधनको बढी प्रयोग गरेको पाइएको छ ।

सदरमुकाम मलंगवाको जिल्ला भन्सार कार्यालयमा विभिन्न समयमा भन्सार छलेर माल सामान ओसार पसार गर्ने क्रममा पक्राउ परेका सयौैँ साना सवारी साधनमा नेपालीभन्दा भारतीय सवारी साधन बढी छन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्मको रेकर्ड हेर्दा तस्करीमा नेपालीभन्दा भारतीय सवारी साधनको प्रयोग बढी भएको पाइएको छ । हाल पक्राउ परेका मोटरसाइकल २८० थान, टेम्पो २ थान, गे्रडर एक थान, स्कुटर दुई थान, पिकअप एक थान, स्कारपियो दुई थान, ट्रक एक थान र डोजर एक थान छ । २८० मोटरसाइकलमा करिव २५ वटामात्र नेपाली र बाँकी भारतीय रहेको जिल्ला भन्सार कार्यालय सर्लाहीले जनाएको छ ।

खुला नाका भएको र भारतमा सस्तोमा सवारी साधन पाउने भएपछि नेपालीको तुलनामा भारतीय सवारीको प्रयोग बढेको प्रहरीको भनाइ छ । आपराधिक क्रियाकलापमासमेत भारतीय सवारीको बढी प्रयोग हुने गरेको बताइएको छ ।