Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


गैरआवासीय नेपाली संघद्वारा महामारीमा पौने २ लाख जनालाई राहत प्रदान


0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीमा १ लाख ७० हजारलाई राहत वितरण गरेको जनाएको छ ।

संघले उद्धार र राहत सम्बन्धी विवरण सार्वजनिक गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

उद्धार र राहत वितरणमा पूर्ण रुपमा पारदर्शिता अपनाइएको पनि संघले जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताउनुभयो ।