
पोखरा, असोज ८ । आइटीएफ सिनियर टेनिस प्रतियोगिताको उपाधि भेट्रान्स टेनिस खेलाडी कमल थापाले जितेका छन् ।
बुधबार पोखरामा सम्पन्न पुरुष ५५ वर्षमाथि उमेर समूहको एकल स्पर्धाको फाइनलमा भारतका सन्जय कुमारलाई २–० को सोझो सेटमा हराउँदै थापाले उपाधि जितेका हुन् ।
सञ्जयविरुद्धको खेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका थापाले ६–३ र ६–२ को सोझो सेटमा जिते ।
युगलको पनि उपाधि
आइटीएफ सिनियर टेनिसकै पुरुष ५५ वर्षमाथि उमेर समूहको युगलको उपाधि पनि कमल थापा र झम्पा धोन्डुपको जोडीले जित्यो ।
बुधबारै भएको सो स्पर्धाको फाइनलमा थापाको जोडीले राजेन्द्रसिंह भण्डारी र करी ममुल्लाको जोडीलाई ‘सुपर टाइब्रेकर’मा पराजित गर्यो ।
प्रतिक्रिया दिनुहोस्