Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


परदेशीले आरोप अस्वीकार गरेपछि ‘पोलिग्राफ टेस्ट’


0
Shares

काठमाडौं, असोज ७ । ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेस्ट (सत्यता परीक्षण) गराएको छ ।

रौतहटको चन्द्रनिगाहपुर लगी कलवारलाई पोलिग्राफ टेस्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ टेस्टको प्रयोग गरेका हौं,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अभियुक्तले आरोप इन्कार गरे थप अनुसन्धानमा पोलिग्राफ टेस्टको ठूलो भूमिका हुन्छ ।’ –नागरिक दैनिकबाट