Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


गौरीफन्टाबाट भारततर्फ लैजादै गरेका २ सय ९ जना महिलाको उद्धार


0
Shares

कैलाली । कैलालीको सीमावर्ती नाका गौरीफन्टाबाट गत आर्थिक बर्ष २०७४/७५ मा भारततर्फ लैजादै गरेका २ सय ९ जनालाई उद्धार गरिएको छ ।

माइती नेपाल कैलाली शाखाले मात्रै आर्थिक बर्ष २०७४/७५ मा गैरीफन्टा नाका भएर भारत तर्फ लैजादै गरेका १ सय १९ जनाको उद्धार गरेको हो ।

दलालले नयाँनयाँ तरिका अपनाएर चेलीबेटीलाई भारत लग्ने गरेको माइती नेपाल कैलाली शाखाका शिवचरण चौधरीले बताए ।

गौरीफन्टा नाका भएर भारत हुँदै तेस्रो मुलुकमासमेत चेलिबेटी बेचबिखन भइरहेको उनको भनाई छ ।

१६ देखि २० बर्षका युवती धेरैजसो बेरोजगारीका कारण दलालको फन्दामा परिरहेको पाइएको छ ।

थ्रि एन्जल नेपाल कैलालीकी सहायक प्रमुख कमला साउदका अनुसार विशेषगरी महिलाहरु फेसबुक तथा फोनमा परिचय भएको भरमा भारत जाने गरेको बताए ।

सीमामा चेलीबेटी बेचबिखन तथा मानव ओसारपसारविरुद्ध निगरानी गर्दै आएका संस्थाहरु माइती नेपाल, थ्रि एन्जल तथा पुनस्र्थापना गृह नेपालले बर्षेनी चेलीबेटीलाई उद्धार गरे पनि चेलीबेटी भारततर्फ लग्ने प्रवृत्ति घट्नुको साटो बढ्दै गएको छ ।