काठमाडौं । मोटिभेस्नल स्पीकरको रूपमा चिनिएकी सृष्टि केसीले टेलिभिजन कार्यक्रम सञ्चालन गर्नु हुने भएको छ ।
मर्यादा मिडियाले निर्माण गर्न लागेको ‘सृष्टिसँग दृष्टि’ कार्यक्रममा उहाँ प्रस्तोताको रूपमा देखिन लाग्नुभएको हो ।
संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूसँगको कुराकानी उनको कार्यक्रममा देख्न सकिने निर्माण कम्पनीले जनाएको छ ।
डान्सिङ रियालिटी शो र मोटिभेस्नल स्पीकरको रूपमा आफूलाई अब्बल सावित गरिसकेकी केसीले ‘टक शो’ आफ्नो लागि चुनौतीको विषय भएको बताउनु भएको छ ।
यद्यपि दर्शकलाई निराश नबनाउने उनको प्रतिबद्धता छ । कार्यक्रम नयाँ वर्ष २०७८ को दोस्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।
५ अंक छायांकन गरिसकिएको कार्यक्रमको मुख्य तथा सहायक प्रायोजकहरू अनुबन्ध गरेलगत्तै विस्तृत जानकारी दिइने निर्माण कम्पनीले जनाएको छ ।
को हुन् सृष्टि केसी ?
१६ वर्षमा आँखाको सामान्य एलर्जीले सताएपछि अस्पताल गएकी उहाँलाई औषधिको नकारात्मक असरले दृष्टि नै गुमाउनुपर्ने अवस्था आएको हो ।
साहित्य, गायन र नृत्यमा रुचि राख्ने उहाँ त्रिभुवन विश्वविद्यालयको ०६५ सालको स्नातक परीक्षामा नेपाली साहित्य विषयमा विश्वविद्यालय ‘टपर’ हुनुहुन्छ ।
उहाँले नर्वेजियन विश्वविद्यालयबाट ‘डान्स एन्थ्रोपोलोजी’मा स्नातकोत्तरसमेत गनुभएकाे छ ।
सृष्टिले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउने, व्यक्तित्व विकासमा मद्दत पुर्याउने, आत्मबल बढाउने उद्देश्यले ‘ब्लाइण्ड रक्स्’ नामक संस्थाको स्थापना गनुभएकाे छ ।
सृष्टिको जीवनमा आधारित ‘ब्लाइण्ड रक्स्’ बायोपिक बनिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्