२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाल उपविजेता, सावित्रा सर्वाधिक गोलकर्ता


0
Shares

काठमाडौं, भदौ २६ । नेपाल कीर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ ।

बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।

मध्यान्तरअघिको खेलमा उज्वेकिस्तानले १–० गोलको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औं मिनेटमा पहिलो गोल गरेको थियो ।

मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो । उज्वेकिस्तानले खेलको ५४औं तथा ६४औं मिनेटमा गोल गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारीले खेलको ६७औं तथा ९०औं मिनेटमा गोल गरेकी थिइन् ।

उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ७ गोल गरिन् ।

उनले पहिलो खेलमा कीर्गिस्तानविरुद्ध ‘ह्याट्रिक’सहित ४ गोल, दोस्रो खेलमा ताजकिस्तानविरुद्ध एक तथा बिहीबारको फाइनल खेलमा दुई गोल गरेकी थिइन् । रासस