२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साविक विजेता अमेरिका बास्केटबल विश्वकपको क्वाटरफाईनलबाट बाहिरियो


0
Shares

काठमाडौं । साविक विजेता अमेरिका बास्केटबल विश्वकपको क्वाटरफाईनलबाटै बाहिरिएको छ ।

चिनमा जारी बास्केटबल विश्वकपको खेलमा अमेरिकालाई फ्रान्सले ८९–७९ को स्कोरमा पराजित गर्‍यो ।

तेस्रो क्वार्टरसम्म अमेरिकाले ७२–६५ को अग्रता लिएपनि अन्तिम क्वार्टरमा फ्रान्सले २४–७ को स्पष्ट अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो ।

फ्रान्सका लागि इभाँ फोर्नियरले सर्वाधिक २२ अंक तथा रुडि गोबर्टले २१ अंक स्कोर गरे । फ्रान्सले अब सेमिफाईनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

यो हारसँगै अमेरिकाको लगातार ५८ खेलसम्म चलेको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

सन् २००६ यता अमेरिकाले बास्केटबलमा अन्तराष्ट्रिय खेल हारेको थिएन ।

उसले पछिल्ला दईवटा विश्वकप बास्केटबल र तिन वटा ओलम्पिक बास्केटबलको उपाधि जितेको थियो ।