२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लिगलिगकोट–गोरखा दरबार म्याराथनको उपाधि गुरुङले जिते


0
Shares

रेनु श्रेष्ठ (इमेज)

गोरखा, भदौ २५ । गोरखामा आयोजित म्याराथन दौडको उपाधि गोरखा, आरुघाटका ३६ वर्षीय भीमबहादुर गुरुङले जितेका छन् ।

गोरखाको लिगलिगकोटदेखि सिरानचोककोट हुँदै गोरखा दरबारसम्मको ४२ किलोमिटर दूरीको म्याराथन दौड गुरुङले ३ घन्टा १७ मिनेट २ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

रुकुमका दुर्गाराज बुढाले ३ घन्टा १७ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो र नेपाली सेनाका सविन तामाङले ३ घन्टा ३० मिनेट २ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो भए ।

विजेता गुरुङले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएका बुढाले एक लाख र तेस्रो भएका तामाङले ७५ हजार रुपैयाँ पाए ।

द्रव्य शाहले गोरखाको राजगद्दी आरोहण गरेको दिन वि.सं. १६१६ भदौ २५ गतेको दिनको सम्झनामा यो म्याराथन दौड आयोजना हुँदै आएको छ ।

योपटक प्रतियोगितामा ११४ जना धावक सहभागी थिए ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिंह दल गणले संयुक्तरुपमा खुला म्याराथन दौड आयोेजना गरेका हुन् ।