२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘एनजीओ’को भूमिका आतंकवाद फैलाउन पनि हुनसक्छ : विभाग


0
Shares

काठमाडौं, भदौ १९ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरसरकारी संस्था (एनजीओ)हरु आतंकवादी क्रियाकलापमा संलग्न हुनसक्ने जनाएको छ ।

कुनैपनि देशमा आतकंवादी क्रियाकलाप फैलाउन तथा गैरकानुनीरुपमा कालोधन भित्र्याउनसक्ने विभागको भनाइ छ ।

विभागले बिहीबार गरेको एक कार्यक्रममा विश्वमा सबैभन्दा धेरै विदेशी विनिमय र पेट्रोलियम पदार्थको माध्यमबाट गैरकानुनीरुपमा पैसा भित्रिने गरेको जनाइएको छ ।

कतिपय बैंकहरुले बैंक खाता अद्यावधिक नगराएको कारण सम्पत्ति शुद्धीकरणमा प्रयोग भइरहेको संकेत मिलेकोसमेत विभागले जनाएको छ ।

व्यापारका माध्यमबाट कालोधन भित्रिन र बाहिरिनसक्नेसमेत देखिएको विभागका निर्देशक विनोद लामिछानेले बताए ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले सेयरबजारमा ‘इन्साइडर ट्रेडिङ’ भइरहँदा जोखिम रहेकाले अध्ययन गरिररहेको बताए ।