४ असार २०८२, बुधबार | Wed Jun 18 2025


इण्डोनेशियामा धार्मिक पहिरनमा विवाद


0
Shares

काठमाडौं, माघ २३ । इण्डोनेशियाले सार्वजनिक विद्यालयहरूलाई धार्मिक पहिरन अनिवार्य नगर्न सचेत गरेको छ ।

एक विद्यालयले एक ईसाई समुदायकी छात्रालाई हेड स्कार्फ लगाउन दबाब दिईएको घटना सार्वजनीक भएपछि इण्डोनेशियाली सरकारले यसमा प्रतिबन्ध लगाएको हो ।

त्यहाँको सरकारले यस्ता किसीमका जुन सुकै नियमहरु तत्काल खारेज गर्न निर्देशन दिएको छ ।

सरकारको यो निर्णय नमान्ने विद्यालयहरुले प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी समेत दिइएको छ ।

धार्मिक पोशाक लगाउनु तथा छनौट गर्नु एक व्यक्तिको अधिकार हुने भन्दै यस्तो चेतावनी दिइएको हो ।

मुस्लिम बाहुल्य रहेको इण्डोनेशियाले अन्य धर्महरूलाई आधिकारिक मान्यता दिएको छ ।

यद्यपी बढ्दो धार्मिक असहिष्णुतालाई लिएर अधिकारीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । (एजेन्सी)