२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


लडाकू विमानको इन्जिन जाेडिएकाे विश्वको सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा


0
Shares

एजेन्सी । जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीको लागि राखिएको छ ।

ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । २०१९ मा यो कार १ हजार १० किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको थियो । कार निर्माता इयान वारहस्र्टले अब यो कारलाई बेच्न चाहेका छन् ।

२०१९ मा कालाहारी मरुभूमिमा ब्लडहाउड सुपरसोनिक कारले सबैभन्दा तीव्र गतिमा कुद्ने कारको रेकर्ड बनाएको थियो । अब यसको स्पिड बढाएर १ हजार २ सय ८८ प्रतिघण्टाको दरमा लैजान सकिने निर्माता वारहस्र्टब बताउँछन् । तर, उनी यो कार बेच्न चाहन्छन् ।

बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अब म यो प्रोजेक्टमा पैसा र समय लगाउन मन छैन । मैले धेरै कुरा हात पारिसकेँ । अब अरु कसैले यो कारलाई बनाउनेछ । मैले १२ सय ८८ किलोमिटर प्रतिघण्टाको रेकर्ड तोड्न सकिन अब अरु कसैले तोड्नेछ ।’

विश्व इतिहासमा अहिलेसम्म जम्मा सातवटा कारले मात्र ९ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिसम्म पुगेका छन् । तर ब्लडहाउस सुपरसोनिक कारले यसको रेकर्ड तोड्दै १ हजार १० किलोमिटर प्रतिघण्टाको दरले कुदेको थियो । सुपरसोनिक कारमा अहिले लडाकू विमानको इन्जिन जडान गरिएको छ । कार बेच्न चाहेको बताए पनि वारहस्र्टले यसको मूल्य भने खुलाएका छैनन् ।