Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सूचना-प्रविधि पार्क सेक्युरिटी प्रेसमा परिणत हुँदै


0
Shares

काभ्रे, माघ ६ । काभ्रेको पनौती नगरपालिका-५ मा निर्मित सूचना-प्रविधि पार्क (आइटी पार्क) अब सेक्युरिटी प्रिन्टिङ प्रेस अर्थात सुरक्षण मुद्रण केन्द्रमा परिणत हुँदैछ ।

वर्षौँदेखि प्रयोग विहीन अवस्थामा रहेको आइटी पार्कमा सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि सुरक्षण मुद्रण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब नौ करोड रुपैयाँ बजेट विनियोजन भइ कामको शुरुआत गरिएको हो ।

प्रारम्भिक चरणमा करिब ३३ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको छ ।

२ सय ५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र हाल दुई वटा ठूला व्यापारिक÷प्रशासनिक भवन, चार वटा सुविधा सम्पन्न आवासीय भवनलगायत जम्मा नौ भवन रहेका छन् ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने १० अर्ब रुपैयाँ जोगिने जनाइएको छ ।