Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


वरिष्ठ पादरीले यौन दुव्र्यवहार गरेको ठहर, ६ बर्ष जेल सजाय


0
Shares

काठमाडौं । क्याथोलिक चर्चका वरिष्ठ पादरी कार्डिनल जर्ज पेललाई अदालतले यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको छ ।

अष्ट्रेलियाको अदालतले उनलाई यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको हो । उनलाई गएको मार्चमा अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको थियो ।

त्यस विरुद्ध दिएको अपिलमा पनि अदालतले पेलको विपक्षमा निर्णय गरेको हो ।

पेलले आफूमाथि लगाइएका आरोप झुट भएको भन्दै आफ्नो सम्मान कायमै राख्न उच्च अदालतमा गरेको अपिलमा पनि दोषी ठहरिएका हुन् ।

उनले सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्नमा रहेको मुख्य गिर्जाघरमा दुई बालकमाथि यौन दुव्र्यवहार  गरेकोमा अदालतले दोषी ठहर गरेको थियो । पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

गएको वर्षको डिसेम्बरमा जुरीले सर्वसम्मत रुपमा १३ वर्षका बालकलाई सेन्ट प्याट्रिक गिर्जाघरमा यौन दुव्र्यवहार गरेको तथा अर्कोपटक अर्का एक बालकलाई त्यस्तै व्यवहार गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो ।(एजेन्सी)

 

Skip This