२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


पछिल्लो २४ घण्टामा १०५६ संक्रमित, १४८३ संक्रमणमुक्त, १४ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर २४ । पछिल्लो २४ घण्टामा १०५६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा १०५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जना संक्रमित थपिएका छन् ।