२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नारायणीमा बगेका तीर्थालुको सकुशल उद्धार


0
Shares

काठमाडौं, साउन २० । तनहुँको देवघाटमा लागेको बोलबम मेलामा नुहाउनेक्रममा नारायणी नदीमा बगेका एकजना तीर्थालुको प्रहरीले सकुशल उद्धार गरेको छ ।

देवघाटमा सोमबार बिहान नुहाउनेक्रममा बगेका चितवन, भरतपुर निवासी रमेश परियारलाई प्रहरीले उद्धार गरेको हो ।

बोलमब मेलामा नुहाउनेक्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई रोक्न सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब निरीक्षक खिलबहादुर बिकको ‘कमान्ड’मा देवघाटमा खटिएको गोताखोरको टोलीले परियारलाई उद्धार गरेको जनाइएको छ ।