२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


इन्टरनेसनल च्याम्पियन्स कप : इन्टरमिलानसँग टोटनह्याम पराजित


0
Shares

काठमाडौं, साउन २० । प्रि–सिजन टुरअन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानले टोटनह्यामलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । टोटनह्यामका लागि लुकास मोउराले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ३६ औं मिनेटमा इन्टरमिलानका लागि स्टेफनो सेन्सीले गोल गर्दै बराबरीमा ल्याए ।

निर्धारित समयमा थप गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा इन्टरमिलानले बाजी मारेको हो ।