
काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गलत भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य पोखरेलले पार्टीमा देखिएको तिक्तताको मुख्य कारक प्रधानमन्त्री ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत नेकपामा पछिल्लो समय देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीलाई एक पक्षीय रुपमा मात्र बाधक देख्नु गलत भएको बताउनुभएको हो ।
गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव नै गलत भएको भन्दै पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध लगाइएका आरोप निराधार भएको बताउँदै आउनुभएको छ ।
उहाँले यसअघि नै पार्टी एकताको मर्म र विगतको जनमत अनुसार आन्तररिक विवाद समाधान गरेर अघि बढ्नुपर्ने बताउँदै आउनुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्