Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु


0
Shares

राँझा, मंसिर २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट मंगलबार मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहनुभएको थियो ।

थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उहाँको निधन भएको हो ।

मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताउनुभयो ।

यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ ।