Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


तिहारमा पड्काएको पटकाबाट आगलागी, ५ लाख ८६ हजार रुपैयाँ बरावरको क्षति


26
Shares

पाँचथर । पाँचथरमा तिहारमा पड्काइएको पटकाबाट आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ पञ्चमी स्थित तुम्बुङमा गएराति शर्ण योङहाङको घर आगलागी भएको हो ।

घर पूर्णरुपमा क्षति हुँदा ५ लाख ८६ हजार रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।