४ असार २०८२, बुधबार | Wed Jun 18 2025


यसबर्षको तिहार: न रौनक, न उत्साह


13
Shares

इलाम । तिहारले घर आँगनमा प्रवेश गरीसकेको छ । तर, आममानिसमा उज्यालो पर्व तिहारको उत्साह छैन ।

सामानको मूल्य भाउ सस्तिएको छ तर, माग छैन । गाउँ घरमा सयपत्री र मखमली फूल ढकमक्क फुलेको छ तर रौनक देखिँदैन ।

तिहारले छपक्कै छोपिसक्दा ढकमक्क फूलेका सयपत्री र मखमली फूलले पूर्वी पहाडी जिल्ला इलाम छपक्क देखिन्छ । सप्तरंगी फूलले तिहारलाई स्वागत गरेपनि यसबर्ष गत बर्षको जस्तो रौनक भने देखिदैन ।

तिहारमा आवश्यक पर्ने मखमली र सयपत्री फूलले रौनकता थपेको छ । फूल फुलेर ढकमक्क भएका छन् ।

तिहारको समयमा बजार घर, सरसजावटका साथै दाजुभाई तथा दिदीवहिनीहरुलाई मालाका लागि समेत प्रयोग गरिने सयपत्री गाँउघरमा ढकमक्क फूल्दा वातावरण नै रमाइलो देखिन्छ ।

तिहारमा बिगतका बर्षहरुमा जस्तो न त गाँउघरमा लिङ्गेपिङ्ग लगाइएका छन् ? न त रमाइलो मेला नै ।

सामान्य अवस्थामा किनमलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यसवर्ष भने किनमेलमा नै सर्वसाधारणको रुची छैन ।

कोरोना भाइरसका कारण स्वास्थ्यको जोखिमले तिहारमा फुललगायत भाइटीकाका लागि आवश्यक पर्ने सामाग्रीको ब्यापार नभएको ब्यापारीहरु बताउँछन् ।

तिहारको समयमा घरको झ्याल र ढोका सजाउन फूलको माला लगाउने परम्परा अनुरुप वजारमा फूलको माला विक्रीकाा लागि राखिएको भएपनि विक्री नभएको उनीहरुको भनाई छ ।

यस बर्ष केही स्थानमा फुलेका अधिकांश बोटमा फुल फक्री सकेका छन भने केही बोटहरुमा भर्खर कोपिला मात्रै लाग्दै गरेको देखिन्छन त कतिमा त्यो समेत पनि छैन ।

आँगनको डिलमा फुलेका सयपत्री र मखमली फूलले सबैको मन लोभ्याएको छ । ढकमक्क फूलले सबैलाई तिहार आएको आभाष भएको छ ।

घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा आफ्ना दाजुभाइकोे ‘गला’ सजाइदिने धेरैको योजना रहेको थियो  ।

तिहारका वेला बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फुलेका, आफ्नै हातले टिपेर–गाँसेर बनाएका माला दाजुभाइलाई लगाइदिँदाको खुसी छुट्टै हुने गरेको छ  ।

तर यस वर्ष सयपत्री ढकमक्क फुल फुल्दा पनि गाँउघरमा कोरोना भाइरका कारण तिहारको रौनक नदेखिएको स्थानीयहरु बताउँछन् ।

दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई मजबुत बनाउने पर्व तिहारमा टाढा टाढा रहेका माइती र चेलीको भेट हुने विशेष दिनको रुपमा पनि लिइन्छ ।

तिहारमा विशेष गरि साथीभाइ जम्मा भएर मिलिजुली देउसी भैली खेल्दै रमाइलो गरि मनाउने पर्व हो तर यो बर्ष भने कोरोना भाइरसका कारण रमाइलो नहुने देखिएको छ ।