
बाग्लुङ । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको पञ्चायत भवन जीर्ण बन्दै गएको छ ।
केही समय अघिसम्म स्थानीयले मर्मत सम्भार गरे पनि पछिल्लो समय भने यसतर्फ कसैको ध्यान गएको छैन ।
पञ्चायती व्यवस्थाको अन्त्यपछि तत्कालीन समयमा निर्मित विभिन्न संरचना मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।
उहांले यस्ता ऐतिहासिक संरचनाहरु संरक्षणका लागि गाउंपालिकाले योजना बनाइ रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्