२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टी–२० विश्वकप क्रिकेट छनोटमा आज नेपालले मलेसियासँग खेल्दै


0
Shares

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।

पहिलो खेलमा हिजो कतारसँग पराजित नेपालको यो दोस्रो खेल हो । आजको खेल जित्दै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।

सिंगापुरमा जारी प्रतियोगिताका लागि नेपालले दुई हप्ता मलेसियामा अभ्यास गरेको थियो ।

सो क्रममा मलेसियासँग खेलेका दुई खेलको टि–ट्वेन्टी श्रृंखला नेपालले जितेको थियो । त्यसैले पनि आजको खेलका लागि नेपाली टोलीको मनोबल उच्च छ ।

हिजोको खेलमा भने नेपाललाई कतारले ४ विकेटले पाखा लगायो ।

नेपालले दिएको १ सय २३ रनको सामान्य लक्ष्य कतारले खेलमा ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

कतारको जितमा ईनाम उल–हकले सर्वाधिक ४१ रन जोडे । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए ।

प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

आगामी अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा विश्वका विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यी १४ मध्ये शीर्ष ६ टोली सन् २०२० मा अस्ट्रेलियामा हुने विश्वकप टि–ट्वेन्टी क्रिकेटका लागि छानिनेछन् ।