Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


आमाबुवासँगै दिल्लीमा बस्दै आएकी नेपाली बालिकाको बलात्कारपछि हत्या


0
Shares

काठमाडौं, साउन ८ । बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ ।

भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीय लक्ष्मी चदाराको बलात्कारपछि हत्या भएको नेपाली दूतावासले जनाएको छ ।

बालिका बुवा देव चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन् ।

उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट