Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान दिएकामा जापान सरकारद्वारा पूर्वमन्त्री पाण्डे विभूषित


0
Shares

rameshnath panday awarded by japan government

काठमाडौं, कात्तिक १८ । जापान सरकारले नेपालका पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई विभूषित गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा पाण्डेले पुर्‍याएको योगदानका लागि विभूषित गर्न लागिएको नेपालस्थित जापनी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०२० का लागि यो विभूषण पाउने विदेशी नागरिकमा पाण्डे पनि रहेको राजदूतावासले जनाएको हो । पाण्डेलाई ‘अर्डर अफ दी राइजिङ सन’ बाट विभूषित गर्न लागिएको हो ।

नेपाल–जापान सम्बन्ध बलियो बनाउन योगदान दिएकाले पाण्डेलाई उक्त विभूषण प्रदान गर्न लागिएको दूतावासले जनाएको छ ।

जापानले विदेशी नागरिकलाई वर्षको दुई पटक प्रदान गर्ने यस अवार्ड, पाण्डे पर्यटन मन्त्री रहेका बेला सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान–नेपाल–चीनसहित त्रिदेशीय टोलीलाई गरेको सहयोगका लागि प्रदान गर्न लागेको दूतावासले जनाएको छ ।

नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक रहेका एकाई कावागुचीको तस्वीर टिकटमा टाँस्न पाण्डे सञ्चारमन्त्री भएका बेला सन् २००२ मा शुुरु गरिएको थियो ।