काठमाडौं । प्रहरीले काठमाडौंको ओमबहाल चोकबाट हुण्डी कारोबारमा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँसमेत बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका डिआईजी सहकुल थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्