Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


बर्दियाको नरभक्षी पाटेबाघ स्थानान्तरण गरिने


0
Shares

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाअन्र्तगत खाता जैविकमार्ग क्षेत्रमा बसेको नरभक्षी पाटेबाघ स्थानान्तरण गरिने भएको छ ।

सीमावर्ती भारतको कर्तनियाघाट वन विहार तथा नेपालतर्फ बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाता वनक्षेत्रमा बस्दै आएको पाटे बाघले मान्छे खान थालेपछि जिल्ला स्थित विपद् व्यवस्थापन समितिले बाघलाई नियन्त्रणमा लिएर सार्ने निर्णय गरेको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजनल वन कार्यालय, मधुवन नगरपालिका, खाता सामुदायिक वन समन्वय समिति लगायत स्थानीय समुदायको छलफलले बाघ नियन्त्रणका लागि पहल गर्ने निर्णय गरिएको हो ।

नरभक्षी बाघको पहिचानसहित सीमावर्ती भारतीय समकक्षी, सुरक्षा निकाय तथा वनसँग सहकार्य गर्दै आक्रामक बाघलाई नियन्त्रणमा लिई जैविकमार्गबाट सुरक्षित स्थानमा स्थानान्तरणका लागि पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

खाता जैविक क्षेत्रमा एकसाता अघि मधुवन नगरपालिका–३ की २९ वर्षीया गंगा खत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको एकसातामा सोही निवासी २९ वर्षीय रमेश थारु र २६ वर्षीय दिनेश थारुको एकै दिन बाघले आक्रमण गर्दा मृत्यु भएको थियो ।

बाघ आक्रमणको घटना भएपछि सोक्षेत्रमा त्रास फैलिएको छ ।