
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले एफी मिड्टजील्याण्डलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि डिओगो जोटा र मोहम्मद सालहले एक एक गोल गरेका हुन् ।
५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन् ।
लगातार दुई खेलमा जित निकालेको लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
सोही समूहको अर्को खेलमा एट्लान्टा र अजाक्सले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका अन्य खेलमा बार्यन म्युनिखले लोकोमोटिभ मस्कोलाई २-१ तथा एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ३-२ ले पराजित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्