२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पर्साको मालपोत कार्यालयमा मध्यरातमा छापा, ६ कर्मचारी र ८ दलाल नियन्त्रणमा


0
Shares

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले मालपोत कार्यालयमा छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको छ ।

राति अबेरसम्म मालपोत कार्यालय खुलेको सूचनाको आधारमा छापा मार्दा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १५ जनालाई पक्राउ गरेको हो ।

गएराति छापा मार्दा पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

टोलीले मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख झासहित ६ जना कर्मचारी र ८ जना अन्य जग्गा दलाललाई कार्यालयमै नियन्त्रणमा लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।

झासहित धर्मेन्द्र साह, रमेश यादव, लेखमानकुमार यादव, ज्ञानेन्द्रप्रसाद यादव, वीरेन्द्रकुमार साह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम शाह र रवि भुषणप्रसाद पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

उनीहरुले राति ८ बजेसम्म कार्यालयमा बसेर गैरकानुनी काम गरेकाले पक्राउ गरिएको हो ।