Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


मजदुरलाई रोग भन्दा भोकको भय


0
Shares

काठमाडौं, असोज २७ । कोरोना संक्रमण दिन प्रतिदिन बढदो छ ।

संक्रमण रोक्नका लागि सरकारीले कहिले लकडाउन त कहिले निशेधाज्ञा गर्‍यो ।

तर प्रयास सकारात्मक देखिएको छैन न संक्रमितको संख्यामा कमी आउन सकेको छ न नियन्त्रणका प्रयास नै प्रभावकारी बन्न सके ।

बरु मानिसमा रोग भन्दा भोकको त्रास बढरहेको छ ।

यो सात महिनाको अवधिमा सबै भन्दा बढी दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग सबैभन्दा बढी मारमा परेको छ ।

उसो त सरकारले यो आर्थिक वर्षको बजेटमै खाद्य सुरक्षा, नागरिकलाई आहार गुमाउन नदिने, नेपालमै सात लाख रोजगारीको श्रृजना, भारतबाट नेपाल आएका नेपालीले भारत जानु पर्दैन भन्ने जस्ता मिठा कुरा त गर्‍यो तर आर्थिक वर्षे शुरु भएको तीन महिना बितिसक्दा सम्म यस्ता कार्यक्रमको अत्तोपत्तो छैन ।

भारतमा मजदुरी गरिरहेका नेपाली कोरोना बाट बच्न भन्दै तत्कालीन समयमा हुलका हुल नेपाल भित्रिए तर गरि खाने ठाउँ नभएपछि आज फेरि तिनै नेपाली दिनको दश हजारका दरले कोरोना संक्रमण उच्च रहेको भारत तर्र्फ जान बाध्य भइरहेका छन् ।

यतिखेर सरकारले अघि सारेका ग्रमिण पूर्वाधार सम्बन्धी कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम गरिबी निवारण कोषको कार्यक्रम जस्ता कार्यक्रम जनताको आवश्यकताका विषय बनेका छन्, कार्यक्रम त पर जाओस् तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि भदौ २० बाट नेतृत्व विहिन भएको अर्थ मन्त्रालयले नेतृत्व सम्म पाउन सकेको छैन ।

यसले केन्द्र देखि स्थानीत तह सम्मै नै असर गरेको छ ।

तर सरकार भने पार्टी भित्रको किचलोमै रुमल्लिएको छ ।

जनताले चुनेको जनताको सरकार भएको जनाताले कहिले होला महशुस हुने ।

Skip This