Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


पाँच हजार घुस लिएको अभियोगमा पक्राउ


0
Shares

काठमाडौं, असार २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।

विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्नेक्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले लगनखेलस्थित युएन्डबी फास्टफुडबाट पक्राउ गरिएको थियोे ।

आरोपी विष्टको थप अनुसनधान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस