Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अर्धनग्न अवस्थामा महिलाको शव फेला


0
Shares

बैतडी । बैतडीमा एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ ।

हिजो दिउँसो चौलानी नदी किनारमा दशरथचन्द नगरपालिका–६ सेरा नजिक अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

मृतक महिलाको परिचय खुल्न नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शरीरमा घाउ चोट रहेको र करिब एक हप्ता अगाडी मृत्यु भएको हुन सक्ने बताइएको छ ।

महिलाको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ ।