काठमाडौं । कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीन जना अधिकृतबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन गर्ने भएको छ ।
कंगोस्थित सेनाको ब्यारेकमा यही असोज ८ गते सेनाका सिपाही नवराज माझीलाई मरणासन्न हुनेगरी कुटपिट भएको घटना सार्वजनिक भएपछि सेनाले छानविनका लागि कोर्ट अफ इन्क्वारी सुरु गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले घटनामा संलग्न रहेका भनिएका सहसेनानीहरु सुवास हुमागाइँ, योगेन्द्र धिताल र इन्द्र थापामाथि छानविन थालिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडलले जानकारी दिनुभयो ।
गणमा जवानमाथि सैनिक आचरण मर्यादाविपरीत घटना भएको घटनामा संलग्न सबैमाथि छानविन हुने नेपाली सेनाले जनाएको छ ।
कंगोमा एक गण, एक इन्जिनियरिङ कम्पनी, १२ जना स्टाफ अफिस र ११ जना सैनिक पर्यवेक्षक गरी सेनाका ८ सय ९८ जना कार्यरत छन् ।









प्रतिक्रिया दिनुहोस्