१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


मुखर्जीप्रति राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना: नेपालले महान् र असल मित्र गुमायो


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।

उहाँले सोमबार साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताउनुभएको छ ।

उहाँले सोमबार साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल-भारत सम्बन्ध सुदृढ गर्न पुर्‍याएको योगदानको स्मरण पनि गर्नुभएको छ ।