
इलाम । जिल्ला प्रहरी कार्यालय इलामलाई एक सय थान भिटिएम हस्तान्तरण गरिएको छ ।
भिटिएम अभावका कारण स्वाब संकलनमा समस्या हुने गरेको भन्दै इलाम नगरपालिका–७ का अध्यक्ष नरेश श्रेष्ठले आफ्नै लगानीमा भिटिएम खरिद गरेर प्रहरीलाई हस्तान्तरण गर्नु भएको हो ।
अन्यत्रबाट सरुवा भएर आएका प्रहरीलाई क्वारेन्टिनका रुपमा १४ दिनसम्म बाल मन्दिरमा राख्न थालिएको प्रहरी प्रमुख नविनराज राईले जानकारी दिनुभयो ।
बाल मन्दिरमा बस्ने प्रहरीहरुलाई लक्षित गरेर भिटिएम वितरण गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्