पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित मालेपाटनमा ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिंदा एक प्रहरीको मृत्यु भएको छ ।
राती एक बजे बोलेरो जीपको ठक्करबाट ड्युटीमा रहेका पाल्पा घर भएका प्रहरी जवान चन्द्र वगालेको घटनास्थमै मृत्यु भएको हो ।
घटनामा वर्दिया घर भएका डम्बर बहादुर थारु भएका घाइते भएका छन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा भैरहेको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार ठक्कर दिने बोलेरो जीप र चालक प्रहरी नियन्त्रणमा आइसकेका छन् ।
घटना मादक पदार्थ सेवनका कारण नभइ अन्य कारणबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हमालले बताए ।









प्रतिक्रिया दिनुहोस्