
काठमाडौं, असार ३१ । महानगरीय प्रहरीले एउटा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले पाएको सूचनाको आधारमा पिछा गर्दै जाँदा ललितपुर महानगरीय प्रहरी परिसरको टोलीले नखिपोटबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
ललितपुर नखिपोट बस्ने हेमराज पौडेल र आशुराम मोक्तानले ८० हजार रुपैयाँमा खरिद गरि काठमाडौं घट्टेकुलो बस्ने कृष्णबहादुर जोगीलाई ३ लाख रुपैयाँमा बिक्री गर्न लागेको अवस्थामा उनीहरु तीनै जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट जर्मनीमा निर्मित एक थान पेस्तोल, २ थान म्यागाजिन र ५ राउण्ड गोली बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्