काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१ को सतीघट्टा भन्ने स्थानमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो ।
उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिएको बौद्ध प्रहरीले जनाएको छ ।
अाइतबार साँझ साथीहरुसँग घुम्न निस्किएका बेला पानी लिन जाने क्रममा माथिबाट अाएको पहिरोले उनलाई पुरेको थियो ।
त्यसपछि बौद्ध र साँखुबाट खटिएको प्रहरीले उनलाई मृत अवस्थामै उद्धार गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्